
नयाँ सरकार निर्माणका लागि निर्णायक रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि साथ राखेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ ।
बालुवाटारमा आइतावर भएको वार्तामा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड सत्ता गठबन्धन टुटेको भन्दै निस्किएका थिए ।
बालुवाटारबाट निस्किएका उनी केही बेर खुमलटारमा आराम गरेपछि बालकोट पुगेका हुन् । अहिले बालकोटमा रास्वपा सभापति रवि लामिछानेलाई पनि साथमा राखेर वार्ता भइरहेको छ ।
वार्तामा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
उता माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी छन् । रास्वपाबाट सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल छन् ।