बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मेकअप कोठामा मृत भेटिइन् भारतीय अभिनेत्री तुनिशा

भारतीय टेलिश्रृंखला अभिनेत्री निशा शर्मा मृत फेला परेकी छन् । शनिबार ‘अली बाबा: दास्तान ए काबुल’ को छायांकन सेटमा उनी मृत फेला परेकी हुन् । उक्त टेलिश्रृंखलामा उनी राजकुमारी मरियमको भूमिका निर्वाह गरिरहेकी थिइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन् । उनलाई तत्काल आनन-फानन अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार नयाँ गाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो । ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन् ।

तुनिशाकी आमाले उनको प्रेमी शीजान मोहम्मदको कारण छोरीले यस्तो कदम उठाएको आरोप लगाएकी छन् । प्रहरीले शीजानलाई पक्राउ गरेको छ ।

चन्डीगढमा जन्मिएकी निशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो । त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाब महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिश्रृंखलामा काम गरेकी थिइन् ।

उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन् । उनको पहिलो फिल्म ‘फितुर’ हो । उनले ‘बार-बार देखो’ र ‘दबंग ३’ मा समेत अभिनय गरेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation