काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
प्रचण्ड प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउन देखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
नेपाली कांग्रेसको सत्ता साझेदार माओवादीले सरकारको नेतृत्वका लागि आजमात्रै एमालेलगायत दलसँग गठबन्धन गरेको हो । माओवादी र एमालेबीच अढाइ–अढाइ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।