आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित केही मन्त्रीले सपथ लिएका छन् । शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले सपथ लिएका हुन् ।

माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन् । माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमतबाट मन्त्रीमा अब्दुल खानले सपथ लिएका छन् । त्यस्तै एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राईले पनि मन्त्रीका रूपमा सपथ लिएका छन् । एमालेका साह, भण्डारी, राई र जनमतका खानको मन्त्रालय पछि तोकिने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation