शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् ।

पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मनत्रीको  शपथ लिएका हुन् ।

७ दलका १६६ र तीन जना स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation