बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मनकामना केवलकारको सेवा बन्द

गोरखा । विद्युत् आपूर्तिमा भएको समस्याले प्यानलमा क्षति पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने केवलकारको सेवा बन्द भएको छ ।

आइतबार साँझ विद्युत् आपुर्तिको अनियमितताले प्यानलमा क्षति पुगेको कम्पनीका स्टेसन म्यानेजर उज्वल शेरचनले जानकारी दिए । प्यानलको क्षति मर्मतका लागि निर्माण कम्पनी अष्ट्रियाको प्राविधिक टोली झिकाएको मनकामना दर्शन प्रालिले जनाएको छ । ‘आइतबार बिजुली जाँदा फ्युज गएर प्यानलबोर्डमै समस्या भएपछि चलाउन सकिएन,’ उनले भने, ‘मेनलाइन आएर जोडिने ठाउँमा समस्या आएकाले मर्मतका लागि सामाग्री सहित कम्पनीको प्राविधिक बोलाएका छौँ ।’ अष्ट्रियाबाट प्राविधिक आएर मर्मत सम्पन्न गर्न कम्तिमा एक साता लाग्ने अनुमान गरिएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि केवलकारको सेवा स्थगन भएको कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation