बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

केन्द्रिय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा प्रमुखले गरे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।

मंगलबार गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले काम कर्तव्य बारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेसँग पहिलो बैठक भएकाले सुरक्षा निकायको प्रचलन बारे जानकारी गराएको सहसचिव एवम् गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation