मङ्लबार, माघ २१, २०८२

एनआइसी बैंक गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी

दाङ । एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ । बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे ।

व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे ।

एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन कराेड कर्जा लिएका थिए । बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका हुन् ।                                                                           

महाशक्ति इन्टरप्राइजेजकाे नाममा कर्जा थियाे। तर त्याे कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएकाे आराेप छ ।

दाङ उद्योग वाणिज्य संघकाे अगुवाइमा जिल्लाभरका उद्योग वाणिज्य संघकाे सहभागितामा तालाबन्दी गरिएको दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।

‘तीन कराेड ३२ लाखकाे मूल्यांकन देखिन्छ। तर तीन कराेड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ । जग्गा धिताेबाट मूल्यांकन पुग्ने देखिँदादेखिँदै सपल र गाेतममा बैंकले शिल गर्‍याे’, भुसालले भने, ‘लिलाम गर्दा सामानकाे स्थानीय मुल्यांकन गरिएन, हचुवाकाे भरमा सामान बिक्री गर्न थालियाे ।’

सुरुमा एक कराेड लगानी गरेकाे व्यवसायीलाई पछि थप दुई कराेड कर्जा लगानी गरिएको थियाे ।

कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेकाे आराेप छ। लिलाम भएको सामान लाेड गर्ने बेलामा व्यवसायीले राेकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation