काठमाडौं । तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन भएको छ । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
२० औँ शताब्दीका महान् फुटबलर पेलेलाई क्यान्सर भएको थियो । पेले पेटको क्यान्सरसँग लडिरहेका थिए । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमै निधन भएको हो ।
उनलाई २९ नोभेम्बरमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो । उनको केमोथेरापी मार्फत उपचार गरिएको थियो । तर उनीलाई डाक्टरहरूले बचाउन सकेनन् । उनको मिर्गौला र मुटुको समस्या पनि थियो ।
पेले फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक थिए। उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा तीन वटा विश्वकपको उपाधि दिलाएका थिए । उनले ४ विश्वकप खेलेका छन् । जसमध्ये टोलीले तीन पटक उपाधि जितेको छ । उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टोलीबाट संन्यास लिएका थिए ।
पेलेले तीन पटक फिफा विश्वकपको उपाधि जितेका छन् । यस्तो गर्ने उनी विश्वकै एक मात्र खेलाडी हुन् । उनले जम्मा ४ वटा विश्वकप खेलेका छन् । तीमध्ये तीन वटा जितेका छन् । उनी तीन वटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टोलीबाट संन्यास लिएका थिए ।
पेलेले आफ्नो करियरमा ९२ खेल खेलेका छन् र ७८ गोल गरेका छन् । नेयमार ब्राजिलका लागि उनीपछिको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । नेयमारले ७७ गोल गरेका छन् ।