देउखुरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सभापतीमा किरण भण्डारी सहितको नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन भएको छ ।
राप्ती गाउँपालिका ३ मसुरीयामा शनिवार आयोजित रेडक्रसको छैठौं अधिवेशनले सम्पूर्ण कार्यसमिति सर्वसम्मत गरेको हो । अधिवेशनले १ महिला सदस्य रिक्त रहने गरी किरण भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो ।
जसको उप–सभापतीमा शान्ता शाही, सचिवमा हरिप्रसाद भुसाल, उप–सचिवमा कृष्णबहादुर विष्ट, कोषाध्यक्षमा माधव शर्मा, उप–कोषाध्यक्षमा जिवराज शर्मा रहेका छन् । त्यसै गरि सदस्यहरुमा सन्तोषकुमार गुप्ता, लालबहादुर चौधरी, महेशचन्द्र रिजाल र ठाकुरप्रसाद सुवेदी रहेका निर्वाचन अधिकृत प्रकाश श्रीबन्दले जानकारी दिए ।
सर्वसम्मत रुपले चयन भएका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिले प्रमाण–पत्र प्रदान गर्नुका साथै गोपिनियताको सपथ ग्रहण समेत गराएको छ ।