मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रोक्का जग्गा एक महिनामै यथाशीघ्र फुकुवा नभए चरणबद्ध रुपमा आन्दोलनमा उत्रने

दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको राजधानी अन्तरगतका रोक्का जग्गा एक महिनामै यथाशीघ्र फुकुवा नभए चरणबद्ध आन्दोलनमा उत्रने बताएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी तोकिएसंगै रोक्का रहेको जग्गा अहिले सम्म पनि फुकुवा हुन सकेको छैन ।

राजधानी क्षेत्र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ८,९ गढवा गाउँपालिकाको वडा न १,२,३ र राप्ती गाउँपालिकाको ९ वटै वडामा लामो समय देखि जग्गा किनवेचको काम रोकिदा जनतालाई प्रत्यक्ष असर परेकाले अविलम्व जग्गा फुकुवा गर्न माग गरिएको हो ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेले जारी गरेको विज्ञप्तिमा एक महिना भित्र जग्गा फुकुवा गर्न माग गरिएको छ । सो अवधी भित्र जग्गा रोक्का फुकुवा नभए चरणवद्ध आन्दोलन गर्ने र त्यसको जिम्मेवार लुम्बिनी प्रदेश सरकार हुनुपर्ने समेत उल्लेख गरिएको छ । लामो समय जग्गा रोक्का राखिएको विषयमा निकास दिन नसक्नु प्रदेश सरकारको अव्यवहारिक, अकर्मण्य, कार्यशैली रहेको ठहर गर्दछौं’- जारि विज्ञप्तिमा भनिएको छ ।

वस्तुगत अवस्थाको गम्भीरतालाई बुझ्नु र निकास दिनुको साटो पदिय जिम्मेवारीमा रहेकाहरुबाट सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण र भ्रामक तरिकाले दोषारोपण गर्न खोज्ने अराजनैतिक क्रियाकलाप प्रस्तुति दुर्भाग्यपूर्ण र खेदजन रहेको ठहर गर्दै यथाशिघ्र जग्गा फुकुवाको प्रक्रियालाई अगाडी बढाउन समेत कांग्रेसले आग्रह गरेको छ ।

जग्गा फुकुवाको प्रक्रियाले ठोसरुपमा सार्थकता नपाएमा आउँदो महिना देखि दबाव मूलक विभिन्न चरणका आन्दोलनहरु गर्न बाध्य हुने र त्यसको नैतिक जिम्मेवारी सरोकारवाला लुम्बिनी प्रदेश सरकारले लिनुपर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।           

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation