आइतवार, कार्तिक १७, २०८२

भुवन के सि को नियुक्ति विरुद्ध सर्बोच्च अदालतमा रिट दर्ता

काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई विपक्षी बनाइएको रिटमा उनको नियुक्ति खारेजीको माग गरिएको छ ।
साउन ९ गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डको अध्यक्ष बनेका केसीको शैक्षिक योग्यताको सन्दर्भमा पनि प्रश्न उठाइने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation