शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं उच्च अदालत पाटनको आदेशसँगै नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटी बुझाएर छुट्दैछन् ।

बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलासको १९ पन्ने जारी गरेको आदेशको १७ पन्नाको बुँदा ‘क’ मा मुद्धाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । साथै, सन्दीपको राहदानी रोक्का राख्न गृह मन्त्रालयलाई पत्रचार गर्न पनि आदेशमा भनिएको छ ।

यस्तै, उक्त आदेशको बुँदा ‘ख’मा मुद्धाको विषयमा कुनै सामग्री प्रकाशन, प्रसारण गर्न नपाइने भनिएको छ । यस्तै, बुँदा ‘ग’ मा पीडित किशोरी र उनको परिवारसँग सम्पर्क, भेटघाटमा नरहन आदेशन दिइएको छ । काठमाडौं उपत्यका छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ भने जाने र छाड्ने मिति पनि यकिन गर्न भनिएको छ ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो ।

सन्दीपविरुद्ध गत भदौँ ५ को राति तिलगंगाको एक होटलमा नाबालिग युवतीलाई लगेर जबर्जस्तीकरणी गरेको भदौँ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । गौशालामा उजुरी दर्ता भएको भोलिपल्ट २२ गते प्रहरीले सन्दीप माथि अनुसन्धान सुरु गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation