शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पब्लिक एजुकेशन एकेडेमीले १५ औं वार्षिक उत्सव ‘मणिभ उत्सव’ का रुपमा मनाउने

देउखुरी । राप्ती २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीले आफ्नो १५औ वार्षिकोत्सवको अवसर पारेर १५ औं वार्षिक उत्सवलाई ‘मणिभ उत्सव’ को रुपमाा मनाउने भएको छ ।

वि।सं। २०६४ चैत देखि सञ्चालनमा आएको एकडेमीले आफ्नो स्थापनाको १५ बर्ष पुरा गरेको भन्दै माघ १२ गते श्रीपञ्चमीका दिन ज्ञछ औं बार्षिक उत्सवलाई मणिभ उत्सवका रूपमा मनाउन लागेको हो ।

एकेडेमीले माघ ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘मणिभ उत्सव’ मनाउन लागेको हो ।

‘ज्ञान, सीप, संस्कारयुक्त, गुणस्तरीय शिक्षाः पब्लिक एजुकेशन एकेडेमीको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ स्थापित पब्लिक एजुकेशन एकेडेमीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सो आयोजनाको जानकारी दिएको छ ।

एकेडेमीले ‘मणिभ उत्सव’का रुपमा माग ७ गते प्रभातफेरी र निल सागर आश्रममा खाद्यान्न सहयोग गर्ने तालिका रहेको सञ्चालक समितिका अध्यक्ष जीवराज शर्माले जानकारी दिए । त्यसैगरी ८ गते बिहान रक्तदान, खेलकुद प्रतियोगिता उद्घाटन, ९ गते प्रतिभा पहिचान कार्यक्रम रहेको छ ।

यसै गरी १० गते राप्ती गाउँपालिका मा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता, ११ गते राप्ती गाउँपालिका मा.वि. स्तरीय लोकनृत्य प्रतियोगिता र ज्येष्ठ अभिभावक सम्मान गर्ने कार्यक्रम रहेको एकेडेमीले जानकारी दिएको छ । अन्तिम दिन १२ गते श्रीपञ्चमीका दिन मणिभ उत्सव (पन्ध्रौं वार्षिकोत्सव) समारोहको आयोजना गरिएको अध्यक्ष शर्माले बताए ।

मणिभ उत्सवका दिन एकेडेमीको प्राण प्रतिष्ठा एवं सरस्वती पूजा, अक्षरारम्भ तथा निःशुल्क भर्ना (प्ले ग्रुप/नर्सरी), विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण रहेको छ ।

गुणस्तरीय शिक्षामा जोड
देउखुरी शिक्षा सहकारी संस्था लि.द्वारा नाफामूलकभन्दा पनि सेवामूलक भई सञ्चालन गर्ने गरी वि.सं. २०६४ सालमा ‘‘सर्वसुलभ र गुणस्तरीय शिक्षा : देउखुरी शिक्षा सहकारी संस्थाको प्रतिबद्धता’’ भन्ने उद्देश्यका साथ स्थापना गरिएको यस विद्यालयले शुरुका वर्षदेखि नै न्यूनतम शुल्कमा गुणस्तीय शिक्षा प्रदान गर्दै आएको र जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल रहेको सञ्चालक समितिका अध्यक्ष जीवराज शर्माले बताए । अध्यक्ष शर्माले भने ‘विद्यालयका उत्पादन शैक्षिक मानव संसाधन स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न लायक अब्बल, सक्षम र सफल रहेको र भई नै रहने कुरालाई विश्वस्त पार्न चाहन्छौं ।’

कक्षा १० सम्म पढाई सञ्चालन गरिरहेको एकेडेमीले सुरुदेखि नै गुणस्तरीय शिक्षालाई जोड दिएको र त्यसको नतिजा हरेक वर्ष देखिएको सञ्चालक समितिका सदस्य केशव आचार्यले बताए । एकेडेमीले छिट्टै प्लस टु सञ्चलनमा ल्याउने तयारी गरेको छ ।

शैक्षिक तथा भौतिक व्यवस्थापन, कार्यरत जनशक्ति परिचालन, अभिभावक भूमिका एवं विद्यार्थी उत्प्रेरणाको मामलामा हामीले पृथक प्रकारले ठोस, वैज्ञानिक र व्यवहारिक गुरु योजना बनाई संस्थागत चतुर्थ पक्ष सहभागितामूलक ढंगले सफल कार्यान्वयन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेले बताए ।

पत्रकार सम्मेलनको सहजिकरण एकेडेमीका प्रध्यानाध्यापक बिक्रान्त ज्ञवालीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation