काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने विमानस्थलको कन्ट्रोल रुमबाट पोखरामा भएको दुर्घटनाको जानकारी लिन पुगेका छन् ।
उनीहरु विमानस्थल पुगेको सचिवालयले जानकारी दिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज बिहान दुर्घटनामा परेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित ७२ यात्रु थिए । दुर्घटनाग्रस्त जहाजले २२ डिसेम्बरमा पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा ‘डेमो’ उडान गरेको पाइएको छ ।
९ एन–एएनसी जहाजले २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट सो जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान गरेको थियो ।