काठमाडौं । पोखरामा भएको विमान दुर्घटनापछि सरकारले सोमबार एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार मुलुकभर एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।
आइतबार विहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनाप्रति दुख व्यक्त गर्दै गृहमन्त्रालयले सोमबार अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिने तथा सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख गरेको छ ।