बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लालमटियामा मोटरसाइकल दुर्घटना, ३ जना घाइते

भालुवाङ । राप्ती गाउँपालिका वडा नम्बर २ कालिका चोकमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा ३ जना घाइते भएका छन ।

पश्चिम बाट पुर्व जाँदै गरेको लु ५८ प २०६१ नम्बरको मोटरसाइकल र पुर्व बाट पश्चिम् जाँदै गरेको रा ५ प ७९७२ मोटरसाइकल कालिका चोकमा एकाअपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका दर्भानका वर्ष ३० का मोटरसाइक चालक शुभास सुनार र सोही ठाउँका वर्ष २५ का सबिन सुनार रहेको इलाका प्रहरी कार्यालय भालुबाङ ले जानकारी दिएको छ । यस्तै अर्का चालक राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २८ का रण बहादुर दर्लामी रहेका छन् ।

घाइते तिनै जनालाई भालुबाङ सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी कार्यालयले जनाएको छ । घाइते शुभास र सबिनको दायाँ खुट्टा भाचिएको छ भने रण बहादुर दर्लामिको हात भाचिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation