बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा आगलागी, लगभग २० हजार बराबरको क्षति

गढवामा आगलागी हुदा लगभग २० हजार बराबरको क्षति भएको छ । गढवा गाउँपालिका वडा नम्बर नम्बर – ६ थानदेउखरीका सेवक यादवले ठगराज लोहनीको खाली जग्गामा थुपारेर राखेको परालमा आगलागी भएको हो ।                             

स्थानीय अन्दाजी १४-१५ बर्षिय भोला परियारले आफ्नो घरको अगाडि प्लास्टिक बालेर खेलीरहेको अवस्थामा रहेको अञ्जानमा आगलागी भएको बताएका छन् भने उता सेवक यादवले जानाजानी आगजनी गरेको आरोप लगाएका छन् ।

बुवा आमा कामको शिलशिलामा गोर्खा गएको र ति युवक घरमा एक्लै बस्ने गरेको स्थानीयहरुले जानकारी दिएका छन् ।

आगलागीको खबर पाउने बित्तिकै गढवा गाउँपालिकाको दमकल र स्थानियहरुको सक्रियतामा आगोलाई नियन्त्रण लिने कार्य भैरहेको इलाका प्रहरी कार्यालय गढवाले बताएको छ । आगो लगाउने युवक लाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवाले बताएको छ ।                                                                 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation