मङ्लबार, माघ २१, २०८२

ट्राफिक प्रमुख झबिन्द्रको पहलमा विभिन्न दाताको सहयोगमा कार्यालयको प्राङ्गण पिच

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय प्राङ्गण बिना बजेट विभिन्न जिन्सी सामान सहयोगमा ७०० बर्ग मिटर पिच भएको छ । वर्षायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुँदा सेवा ग्राहीको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग दाता पिके निर्माण सेवा,प्रवीण भण्डारी,सुरेश पोख्रेलको मेसिनरी सहयोगमा कालोपत्रे कार्य सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनु भयो ।                                                                 

त्यस्तै सो कार्यालयको प्राङ्गणलाई पिच गर्न इन्जिनियरसंग स्टिमेट गराउन जाँदा कुल १२ लाख बजेट लाग्ने बताएपछि,दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले विभिन्न सहयोगी दाताको जिन्सी सहयोग संकलन गरि उक्त कार्यालयको प्राङ्गणलाई कालोपत्रे गरिएको बताउनु भयो ।                                                               

उक्त जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसर भित्रमा ट्राफिक प्रहरी निरीक्षक परियारको पहलमा धेरै यसैगरी विभिन्न सहयोगी दाताको जिन्सी सहयोगमा दुर्गा भगवती मन्दिर निर्माण गर्नु भएको छ । यस अर्थमा कुनैपनि निकायमा कार्यरत रहदा गरे के हुन्न र भन्ने नमूना उदाहरण देख्न दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले देखाएका छन ।                                                                                     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation