
चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
मंगलवार भएको अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा विकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा विकास पराजुली, डिबी सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ रहेको निर्वाचन मण्डलका संयोजक विश्वास ढकालले जानकारी दिए ।