
काठमाडौं । सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्यहरू उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७, विपक्षमा १०० मत, मत दिन्नँमा एक मत खसेको छ ।
प्रस्तावक सुवासचन्द्र नेम्वाङ रहेका घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् ।