काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा संसद बैठको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।
उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई उनले निर्देशन दिएका छन् । बिहीबारको संसद बैठकले सभामुखको निर्वाचन गरेको छ ।