शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, एसले पनि हाल्यो भोट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा ८ वटा राजनीतिक दलहरू रहेका छन् ।

गिरीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी र एकीकृत समाजवादी सहित ७ राजनीतिक दल र दुई स्वतन्त्र गरी ५७ सांसदले मत दिएका थिए ।

बैठकमा सभामुखबाहेक ८५ सांसद उपस्थिस्थित थिए । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन नगरेको नेकपा एकीकृत समाजवादीले गिरीलाई विश्वासको मत दिएको छ ।

मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३, स्वतन्त्र २ गरी ५९ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

गिरीको विपक्षीमा कांग्रेसका २७, राष्ट्रिय जनमोर्चा १ सांसदले विपक्षमा मत हाले ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation