मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लागूऔषध (ब्राउन सुगर) सहित १ जना पक्राउ

भालुवाङ  दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित १ जना पुरूष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ निवासी २९ वर्षिय विशाल थापा मगर रहेका छन् । शुक्रबार बिहान करिब ७ बजेको समयमा भालुवाङ रातोडाँडा पार्कमा लागुऔषध (ब्राउन सुगर) को कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायब निरीक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

निलो र कालो रङको प्लाष्टिकको पोकामा रहेको ४ ग्राम ६ सय ८० मिलि ग्राम लागूऔषध ब्राउन सुगर सहित थापालाई पक्राउ गरी दाङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation