सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको लमही व्यापारिक महोत्सवको तयारी तीब्र

लमही  लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तीब्र पारिएको छ ।

‘कृषि र्पटन उद्योग र व्यापार,देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते देखी २५ गते सम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैबिक बिबिधता पार्क पछाडी) सुरु हुदै छ ।

देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी तीब्र पारिएको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । महोत्सव सञ्चानलन हुने मिति नजिकिएसंगै तयारी तीब्र पारिएको हो ।

तयारी स्वरुप अहिले स्टल निर्माण देखि विभिन्न स्थानहरुमा गेट निर्माण र प्रचार प्रसाचरको काम धमाधम भइरहेको अध्यक्ष खनालले जानकारी दिए ।स्थानिय उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासकमा टेवा पर्युाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।महोत्सवमा करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने अध्यक्ष खनालले बताए ।

जसअन्तर्गत १५/२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५/३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने अध्यक्ष खनालले जानकारी दिए ।

महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation