मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आशाका किरण संस्थाले विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनमा फस्न नदिन सचेत गराउँदै

भालुवाङ   दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनमा फस्न नदिन सचेत बनाउन थालेको छ ।

स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुनै लागूऔषधको कुलतमा फस्दै जान थालेपछि विद्यालय सचेतना कार्यक्रम सुरु गर्नु परेको अध्यक्ष बेल्वासेले बताएका छन् ।

यसै बीच शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसन सम्बन्धि विद्यालय सचेतना कार्यक्रम गरिएकाे छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रञ्जना सुनामको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रअ लोकेन्द्र केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नार्कोनन नेपालका लुम्बिनी प्रदेश संयोजक वसन्त पुनले विद्यार्थीहरूलाई लागू पदार्थको परिचय, सेवन कर्ताहरूमा देखिने लक्षण, बच्ने तरिका र सभ्य समाज कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी वरिष्ठ हवल्दार बसन्त खड्काले लागूऔषध सेवन तथा बिक्रीवितरण गर्नेलाई के- कस्तो कारवाही गरिन्छ भन्ने विषयमा जानकारी गराउँदै कुलतमा नलाग्न सुझाव दिएका थिए । सो कार्यक्रममा विद्यालयका सहायक प्रअ माधव प्रसाद सिंह, आशाका किरण संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल, प्रेस संयोजक ओमप्रकाश गुप्ता र साधारण सदस्यहरू पवित्रा विक, सुस्मिता थापा, स्वस्तिका खनाल लगायतको उपस्थिति रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation