दाङ । दाङमा करिब १५ सय रूख काटिएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) ले स्पष्ट पारेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै राप्ती गाउँपालिका क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्गको २२ किलोमिटर सडकखण्ड छेउछाउका करिब १५ सय रूख काटिएको कार्यमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो ।
उक्त क्षेत्र एमसीए नेपालको सडक मर्मत आयोजनाको कार्यक्षेत्रमा पर्ने भएपनि एमसीए नेपाललाई कुनै जानकारी एवं परामर्श नगरी रूख कटान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त कार्य नेपालको वातावरणसम्बन्धी ऐन कानुन र वातावरणीय निर्देशिका विपरीत रहेको पनि उसले जनाएको छ ।
रूख कटान भएको क्षेत्रमा एमसीए नेपाल र एमसीसीका अधिकारी स्थलगत निरीक्षणमा गएको र समीक्षा गरेर आगामी कदमबारे निर्णय लिइले पनि एमसीए नेपालले जनाएको छ ।