शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मुनलाइट लालमटियाको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

देउखुरी । बालबालिकाप्रति अभिभावकको दायित्वबोध गर्ने उद्देश्यका साथ राप्ती गा. पा. २ लालमटिया मा रहेको मुनलाईट माध्यमिक बिद्यालयले शनिबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि परामर्शदाताका रुपमा कार्यरत सि. टि. एफ. का प्रदेस व्यबस्थापक अशोक सुबेदी र सि. टि. एफ. नेतृत्व प्रशिक्षक रबि किरणले अभिभावकका चुनौती, अवसर र दायित्वका बारेमा शिक्षा तथा परामर्श प्रदान गरेका थिए । बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावक र शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला अभिभावक र शिक्षकमा परिवर्तन आउनुपर्नेमा जोड दिईएको छ ।

करिब २ सय अभिभावकको सहभागिता रहेको सो कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भोजराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिर्थी सि।टि।एफ। का प्रदेस व्यबस्थापक अशोक सुबेदी रहेका थिए ।

मुनलाईट मा. बि. का कोडिनेटर झग्गु गिरी, अभिभाबकको तर्फबाट इन्द्र बहादुर केसी, मुना रोका, निर्मला रोका र टेकमान पुन लगाएतले आफ्नो धारण ब्यक्त गरेका थिए । प्राध्यानाध्यापक हरी बिक्रम साहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक गणेश शर्माले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation