शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको तुलसीपुरमा लेखापालको तलब बढ्यो

दाङको तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिका भित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।

यसैबीच तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा. नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनित गरिएको हो । उनीहरूको मनोनित सँगै नगर विकास समितिले पूर्णता पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation