शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रवि लामिछाने उपप्रधानमन्त्री छोड्न तयार

काठमाडौं । सत्ता साझेदार दलभित्रै उपप्रधानमन्त्री बन्नेको होड नै चलेको छ । अहिलेसम्म सरकारमा चार उपप्रधानमन्त्री रहेका छन् ।

यसैबीच  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री छोड्न आफू तयार रहेको बताएका छन् । धेरै  उपप्रधानमन्त्री रहेको अवस्थामा  लामिछानेले उपप्रधानमन्त्री  छोड्न आफू तयार रहेको बताएका हुन् ।

उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाउन पनि तयार रहेको बताए । उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि तयार रहेको बताए ।

लामिछानेले भने, ‘उपप्रधानमन्त्री गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन । मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation