शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अपहरणपछि जनकपुरधामका २ युवाको भारतमा हत्या

अपहरणमा परेका धनुषाको जनकपुरधामका २ जना युवाको भारतमा हत्या भएको छ ।

उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरू छिमेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गत पुस २७ गते भारत गएका दुई युवा सम्पर्कविहीन भएको खबर आएको थियो । उनीहरू भारत सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएका थिए ।

तर उनीहरू आफन्तको घरमा नपुगेपछि खोजी गरिएको थियो ।

५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि उनीहरू अपहरणमा परेको आशंका गरिएको हो । उनीहरू अपहरणमा परेकोबारे गत पुस २९ गते परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए ।

गए राति करिब २ बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको थियो । जमिनमा गाडेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले बताएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ ।

शवको सनाखतको लागि डिएसपी दीपक राय मृतकका परिवारका सदस्यसँगै भारत पुगेका छन् ।

यस्तै मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि यो घटनाबारे प्रहरी निरीक्षकको टोलीले अनुसन्धान गरिरहेको छ ।

अपहरणकारीलाई विष्णुको परिवारले २० लाख दिन राजी भएका थिए । तर अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation