मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

हर्क साम्पाङले पनि घरमाथि चलाए डोजर, धरानमा झडपकाे स्थिति

धरान धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर र संरचना माथि डोजर चलाएको छ । आइतबार डोजर लगाएर भत्काएको छ ।

नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा अतिक्रमण गरी बनाइएका घर भत्काउने अभियान थालको हो । आज आइतबार ठूलो संख्यामा सुरक्षाकर्मी सहित डोजर लगाएर धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गामा निर्मित घर भत्काइएको हो ।

सो स्थानमा मुना चौधरी लिम्बूको नाममा रहेको एकतले घर डोजर लगाएर भत्काइएको छ । सो क्रममा केही बेर स्थानीयबासी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ । झडपका कारण डोजरको सिसा फुटेको र केही स्थानीय व्यक्ति घाइते भएको जनाइएको । ठूलो संख्यामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएका थिए ।

धरान- ५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा नगरपालिकाले बहुजातीय रंगशाला बनाउने निर्णय गरेको छ । सो सार्वजनिक क्षेत्रमा अतिक्रमण गरेर पक्की घर बनाएपछि उक्त संरचना आज हटाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation