बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

म्याच र स्पट फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ, केही खेलाडी अनुसन्धानको घेरामा

नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोपमा दुई खेलाडी पक्राउ परेका छन् भने थप केही खेलाडी अनुसन्धानको घेरामा रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार बिहान क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको हो । दुवै जनालाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।

काठमाडौंमा पुस ९ देखि २७ गतेसम्म भएको टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला चलेपछि सीआईबीले अनुसन्धान थालेको थियो । सीआईबीले प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको थियो ।

छानबिन टोलीले अनुसन्धान गरिरहेको छ । त्यहि क्रममा महबुब र आदिललाई पक्राउ गरेको जनाइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

म्याच फिक्सिङमा खेल्नुअघि नै खेल हार्ने वा जित्ने भन्ने तय गरिन्छ। स्पट फिक्सिङमा कुनै एक इभेन्टमा यस्तो गर्ने भन्ने तय गरिन्छ । जस्तो बलरले एउटा ओभरमा यति बल हान्न सक्ने गरी फाल्छु, यति बल वाइड फाल्छु, ब्याटरले यति रनमा आउट हुन्छ भन्ने लगायत तय गरिन्छ ।

नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङका भएको भन्ने आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले हिमालखबरसँग भने, “ठूलो अपरेशन चलिरहेको छ, थुप्रै खेलाडी अनुसन्धानको घेरामा छन् । अनुसन्धान जारी छ ।”

अनुसन्धान जारी रहेकाले अहिले कसैका बारेमा केही भन्न नसकिने उनको एआईजी सुवेदीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation