मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जेत्सन डोना लामाले जितिन् ‘सारेगमप लिल च्याम्प्स ९’ को उपाधि

भारतीय गायन रियालिटी शो ‘सारेगमाप लिल च्याम्प्स ९’ को उपाधि जेत्सन डोना लामाले जितेकी छिन् । आइतवार राति भएको ग्राण्ड फिनालेमा सिक्किमकी ९ वर्षिया लामा विजेता घोषित भएकी हुन् ।

विजेता बनेसँगै जेत्सनले १० लाख भारतीय रुपैँया पनि पुरस्कार पाइन् । त्यसैगरी, हर्ष सिकन्दर फस्ट रनरअप र न्यानेश्वरी घाडगे सेकेन्ड रनरअप घोषित भए।फिनालेमा लामासँगै शीर्ष ६ प्रतियोगीले प्रस्तुति दिएका थिए । फिनालेमा ज्याकी श्राफ र अनु मलिक अतिथिको रुपमा पुगेका थिए ।

विजेता बनेसँगै जेत्सनले उत्साहित हुँदै भनिन्, ‘मेरो सपना साकार भएको छ । साँच्चै यो प्रतियोगिता धेरै कठिन थियो किनभने यस सिजनका सबै प्रतियोगीहरू धेरै प्रतिभाशाली थिए । सारेगमापा लिल च्याम्प्स सिजन ९ मा मेरो यात्रामा मैले धेरै कुरा सिकेको छु । म मेरा सबै सल्लाहकारहरूप्रति आभारी छु । जसले मलाई सधै साथ दिनुभयो र गायकको रूपमा मेरो क्षमता बुझ्न मद्दत गर्नुभयो । म मेरो नयाँ गायन यात्राको प्रतीक्षामा छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation