आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्यूठानमा महिलालाई बेहोस बनाएर तीन लाख नगद र सुन चोरी

प्यूठान । झिमरुक गाउँपालिका- ५ ओखरकोट ढाड बजारमा सोमबार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ ।

घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन् । उनको मुखमा नशालु पदार्थ (स्प्रे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल चोरी भएको छ ।

टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी गराए ।

अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए । पदम सहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए ।

संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation