बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवा गाउँपालिकाद्वारा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाद्वारा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको छ ।

पालिका भित्र रहेका अति बिपन्न, जनजाति, दलित मुस्लिम, मधेसी लगायतको समुदायलाई लक्षित गरेर गढवा गाउँपालिकाको आठ वटै वडा बाट सहभागिता हुनेगरी सहभागी गराएको गढवा गाउँपालिकाले जनाएको छ ।                                     

सोमवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी ५० दिने लोक सेवा तयारी कक्षाको उद्घाटन गरिएको छ ।

गढवा गाउँ पालिकाले निजामती सेवामा प्रवेश गर्न चाहाने तर आर्थिक अवस्था कमजोर रहेका महिला पुरुषका दुबैका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

पालिकाबासी बिध्यार्थी भाई बहिनीहरुले लोक सेवा पढ्न चाहेको तर आर्थिक लगायत विभिन्न समस्याहरुका कारण पढ्न नपाउने कारण अन्त्य गर्नका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताउनु भयो ।                         

विभिन्न लक्षित समुदायको बजेट लाई केन्द्रित गरेर नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो। निशुल्क लोक सेवा तयारी कक्षा लिएर लोक सेवा पास गर्दा पालिकाको योजना सफल हुने बताउदै यो कक्षा सकिए पछी अन्य बिध्यार्थी भाई बहिनीले पनि निशुल्क लोक सेवा तयारी कक्षा पढ्न इच्छुक भए पुनः अर्को कक्षा सञ्चालनको लागि तयारी गरिने आश्वासन दिनु भयो । ५० दिने लोक सेवा तयारी कक्षाले मात्र सबै नपुग्ने भएकोले थप मिहिनेत र तयारी अनावश्यक रहेकोले थप मिहेनत गर्न सुझाव दिनु भयो ।                                                 

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापा, – ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, मुक्त कम्लहरी विकास मञ्चकी फिल्ड संयोजक ज्ञानु थापाले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले पञ्चायत कालमा सरकार बाट एउटा पेन्सिल पनि सहयोग नहुने स्मरण गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रमा निशुल्क लोक सेवा तयारी कक्षा लिन पाउनु ठुलो उपलब्धि भएको बताउनुभयो । पालिकाले समाजका गरिव दु:खी सर्वहारा टुहुरा सबै बर्ग लाई शिक्षा स्वास्थ्य जस्ता अति महत्वपूर्ण कुरा हरु नि:शुल्क प्रदान गरेको बताउदै भरपुर फाइदा लिनु पर्ने बताउनुभयो । ५० दिनको तयारी कक्षाले मात्र नपुग्ने भएकोले थप मिहेनत स्वयं आफैले गर्न आवश्यक रहेको वडाध्यक्ष आलेले बताउनुभयो ।       

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापाले नि:शुल्क लोक सेवा तयारी कक्षाको लाई ५० दिन नै अनुशासनमा रहेर पुरा गर्न अनुरोध गर्नु भयो । पहिलो कक्षामा उत्साहपुर्वक उपस्थिति र अन्त्यमा न्युन हुने अन्य ठाउँको जसरी नगर्न अनुरोध गर्नु भयो ।समय अवधीभर सहज तरिकाले निशुल्क कक्षा लिनुहुन उपस्थित सबैमा अनुरोध गर्नु भयो ।                   

गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।                                                       

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation