दाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालको सरूवा

दाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको सरूवा भएको छ ।

रिजालको कपिलवस्तुको विजयनगर गाउँपालिकामा सरूवा भएको छ । २०७६ साल माघ २२ गते बाट काम सुरू गरेका रिजाल २ वर्ष ६ महिना १० दिन राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेका थिए ।                 

यसै गरि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका शाखा अधिकृत नेपबहादुर वली आउन लागेको सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् । यसै बीच सरूवा भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृत रिजाललाई राप्ती गाउँपालिकाले फेरि भेटाैला कार्यक्रम अन्तरगत बिदाई गरिएको छ ।                                                                                       

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, निवर्तमान उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, निवर्तमान प्रवक्ता विद्याशरण चाैधरी, वर्तमान प्रवक्ता पहलवान चाैधरी( अनुप), प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, पशु विकास अधिकृत जिवराज पाैडेल, पत्रकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले बिदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकाश ज्ञवालीले गरेका थिए ।                                                                                       

यता प्रमुख प्रशासकीय अधिकृत रिजालको बिदाई कार्यक्रममा नेकपा एमाले निकटका जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, अन्य वडा अध्यक्ष तथा सदस्य, निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, निवर्तमान उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको समेत उपस्थित रहदा एमालेबाट विजयी भएका कुनै पनि जनप्रतिनिधीहरु देखिएका थिएनन् ।

यसभन्दा पहिला बजेट घोषणा गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले हस्ताक्षर नगरी बहिस्कार गरेक थिए । तर एमालेका स्थानीय एक नेताका अनुसार बहिष्कार गर्ने पार्टीको नीति नभएको बताए ।                                                                 

बहिस्कार गर्ने पार्टीको नीति होइन । तर, प्रमुख प्रशासकीय अधिकृतको भुमिका सन्तुलित भएन’ उनले भने– ‘सन्तुलित भूमिका निभाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृतले एक पक्षिय रुपमा अघि बढ्न खोज्दा केही कुरा नमिलेको बताए ।           

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation