काठमाडौं । संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो । चिकित्सकका अनुशार उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुऱ्याएको थियो ।