काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी विवादको मुद्दाको हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ नकिएपछि शुक्रबारसम्मका लागि लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यससँगै शुक्रबार बहस सकिने छ ।
बुधबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तसँगै सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरेका छन्। उनीहरुको बहसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए ।
रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगाना लगायतले बहस गरेका छन् ।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले अर्को देशको नागरिकता पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको र अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम भएको तर्क गरे ।
बहसका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएको जिकिर गरेका छन् ।
निवेदकका तर्फबाट अधिवक्ता रवि बसौलाले रविले नागरकिता त्यागेको निस्सा अहिलेसम्म नेपालका अधिकारीहरूलाई नबुझाएको र दूतावासबाट जवाफ नआइपुग्दै २०७५ असार ६ गते अध्यागमनमा गएर नागरिकता त्याग्दैछु भनेर सूचना दिएको उल्लेख गरे ।