मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवाले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच प्रक्रिया सुरु गर्ने

गढवा गाउँपालिकाले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नापजाँचको प्रक्रिया अगाडी बढाउने भएको छ । पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नापजाँचको कार्य सुरु गर्ने पालिकाले जनाएको छ । पालिकामा रहेका ३ सय २१ भूमिहिन दलित, ११ सय भूमिहिन सुकुम्बासी र ६ हजार बढी अव्यवस्थित बसोबासी गरी ७ हजार ७ सय ५५ जनाको तथ्याङक प्रविष्ट भइसकेकोले अब नापजाँचको कार्य अगाडी बढाउने तयारी भएको गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोखरेलले जानकारी गराउनुभयो ।                                                                         

राष्ट्रिय भूमि आयोग दाङका पदाधिकारी र गाउँ कार्यपालिकाको बीच बुधवार गढवामा भएको अन्तरकृया बाट नापजाँचको कार्य अगाडी बढाउने सहमति भएको छ । पालिका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले आयोगले विगतका अधुरा कार्यका फाइलहरु अध्ययन गरिरहेको बताउनुभयो ।                                       

निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकाम नापजाँचको कार्य अगाडी बढाउने र छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पुर्याउने गरी आयोग अगाडी बढेको बताउनु भयो । नापजाँचको कार्य अगाडी बढाउनका लागि ७ दिने र १५ दिने सुचना जारी कार्य अगाडी बढाउन समेत आग्रह गर्नुभयो । मुक्त कमैयाहरुको सवालमा आयोगले केही नगर्ने र यसको लागि छुट्टै कार्यदलले हेर्ने छ उहाँले भन्नुभयो ; अव सबै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकोले जग्गाको वर्गीकरण देखी सार्वजनिक जग्गाको संरक्षणको जिम्मा समेत पालिकालाइ रहेको छ ।                 

कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरी, सदस्यहरु गोविन्द रेग्मी, कमला जिसी, प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरी, लमही नापी कार्यालयका सर्वेक्षक विजयराज जोशी ,कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । पालिकाको भूमिहिन सुकुम्बासीको अवस्थावारे पालिकाका भूमि सेवा केन्द्र प्रमुख संजिव पौडेलले जानकारी गराउनुभएको थियो । यसभन्दा पहिले पालिकाले ८ सय १५ घरधुरीको ९ सय २४ कित्ता जग्ग्गा नापजाँचको कार्य सम्पन्न गरिसकेको छ ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation