शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

‘देउखुरी महोत्सवको तयारी पुरा’ बिहीबार १ बजे उद्घाटन हुने

दाङ । लमहीमा माघ १२ गते (भोली) देखि सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि,पर्यटन तथा व्यापारिक महोत्सवको तयारी पुरा भएको छ ।

अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) पछाडि १३ दिनसम्म सञ्चालन हुँने महोत्सवको तयारी लगभग पुरा भएको आयोजक देउखुरी उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको उद्घाटन दिउँसो १ बजे हुँने कार्यक्रम तय गरिएको छ ।

महोत्सव सञ्चालन हुने स्थलमा अहिले स्टल निर्माणदेखि स्वागत गेट, फिल्ड सरसफाई, मञ्च सजावट लगायतका काम लगभग पुरा भएको देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिए ।                           

सुरक्षालाई दृष्टिगत गर्दै महोत्सव स्थलमा सिसीक्यामराको समेत जडान गरिएको छ । भने सूचना सञ्चारको कामलाई प्रभावकारी बनाउन इन्टनेटको समेत जडान गरिएको बरिष्ठ उपाध्यक्ष कमलजंग सिहं ठकुरीले जानकारी दिए ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सव माघ १२ गतेदेखि २५ गतेसम्म चल्ने छ । स्थानीय कृषि उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पुर्याउनको लागी महोत्सवको आयोजना गरिएको हो ।                                     

महोत्सवलाई थप आकर्षित र प्रभावकारी बनाउन विभिन्न कला, संस्कृतिसंग सम्बन्धित झाँकी, नृत्य तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने छन् । करिब १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवालाई महोत्सवमा प्राथमिकता दिईने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।                                                                                 

महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापारसंग सम्बन्धित करिब २ सयको हाराहारीमा स्टल रहेका छन् । जसमध्ये केही स्थानीय कृषि उपात्दनसंग सम्बन्धित स्टल र केही स्थानीय व्यवसायिसंग सम्बन्धित स्टल रहेको आयोजकले जनाएको छ । वाणिज्य संघले आफ्नो संघमा दर्ता भएका पसलहरुलाई भने पचास प्रतिशतको छुटमा स्टल उपलब्ध गराएको छ । भने बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टलह रहेको अध्यक्ष खनालले बताए । महोत्सवलाई सहज रुपमा सञ्चालन र व्यवस्थापन गर्न लागी एक मूल समिति समेत बनाईएको छ ।                                                 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation