
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको हो ।