मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

किन डाउन भए अधिकांश सरकारी वेबसाइट ?

काठमाडौंशनिवार दिउँसोबाट अधिकांश सरकारी वेब साइटहरु डाउन भएका छन् । जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको हो ।

निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका साइट, विभाग तथा सरकारी कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री कार्यालय जस्ता सरकारी साइटहरु शनिवार खुलेका छैनन् । संघीय संसदको साइटमा पनि समस्या देखिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साइटहरु भने खुलिरहेका छन् ।

के कारणले खुलेनन् साइट ?

राष्ट्रिय सूचना केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले साइटहरुमा के कारणले समस्या देखियो भन्नेबारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘प्राविधिक समस्या सुरुमै थाहा हुदैँन । सुरुमा नचलेपछि अट्याक आयो कि के भयो भन्ने शंका आशंका त भइहाल्छ। डिभाइसमा प्राविधिक समस्या भयो । त्यसपछि चलेन । प्राविधिक हरुले हेरेर अहिले काम गरिरहनुभएको छ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सरकारी साइटहरुमा प्राविधिक समस्या आएको बताएको छ । प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले मेण्टिनेन्स भइरहेकाले समस्या भएको प्रधानमन्त्री कार्यालयलाई जानकारी आएको बताए । ‘हाम्रा इन्जिनियरहरुका अनुसार मेन्टिनेन्स भइरहेकाले समस्या आयो भन्ने छ,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation