मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

धनकुटा महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भागदौड, कम्तीमा २० जना घाइते

धनकुटा महोत्सवमा भागदौड हुँदा कम्तिमा २० जना घाइते भएका छन् । शनिबार साँझ महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भागदौड मच्चिएको हो ।

करिब ३ हजार क्षमता रहेको धनकुटा बजारको टुँडिखेलमा दोब्बर दर्शकको भिड रहेको थियो । महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुने क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए । घाइतेहरूलाई धनकुटा अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका लागि पठाइएको छ ।

धेरै भिड भएको बेला बन्द गेटको ढोका खोल्दा ठेलमठेल भएको जनाइएको छ । घटनापछि तत्काल महोत्सव सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

माघ ६ गते सुरु भएको महोत्सवमा शनिबार गायक प्रमोद खरेलको प्रस्तुति थियो । खरेलको प्रस्तुतिमा दर्शकको खचाखच भएपछि एक्कासी भागदौड भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी चिरञ्जीवी दाहालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation