शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले अनागरिक ठहर गरेसँगै लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता लिएका हुन् ।

सर्वोच्चको आदेशमा लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

त्यसपछि आइतबार बिहान लामिछाने नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए । अब भने उनले अन्य नेपाली नागरिकले सरह सबै हक अधिकार उपयोग गर्न पाउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation