राप्ती गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फोहोर व्यवस्थापन गर्ने गरि प्रक्रिया आगाडी बढाएको छ ।
फोहोर व्यवस्थापन गर्न गाउँपालिकाले जग्गा आवश्यकता पर्ने भएकाले ७ दिनको म्याद राखी जग्गा भाडामा उपलब्ध गराउन सुचना जारी गरेको छ । जग्गा उपलब्ध हुना साथ सरसफाइ केन्द्र बनाएर फोहोर व्यवस्थापन गर्ने गाउँपालिकाको योजना रहेको प्रवक्ता पहलमान चौधरीले जानकारी दिएका छन् ।
अहिले श्रोत व्यवस्थापन प्रा.लि. स्याङ्जाका प्रबन्ध निर्देशक तथा फोहोर व्यवस्थापन बिज्ञ कृष्ण भण्डारीले राप्ती गाउँपालिकालाई कसरी फोहोर व्यवस्थापन गर्ने भनेर सहजीकरण तथा सहयोग गरि रहेका छन् ।
जग्गा उपलब्ध हुना साथ फ़ोहोर व्यवस्थापन गर्न चाहिने संरचना निर्माण गरिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । ‘सवै फोहोरलाई मोहोरमा परिणत गर्ने योजना रहेको छ ।” अध्यक्ष विष्टले भने ‘कुहिने फोहोरबाट मल बाइने छ भने नकुहिले फोहोरलाई बिक्री गरिने छ ।”
गाउँपालिकाले फ़ोहोर लाई मोहोरमा परिणत गरि आम्दानी गर्ने योजनासमेत बनाएको अध्यक्ष विष्टले जानकारी दिए । अहिले राप्ती गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न १० लाख बिनियोजन गरेको छ । गाउँपालिकाले पहिलो चरणमा फोहोर व्यवस्थापन गर्नको लागि १० लाख बिनियोजन गरेको तर आवश्यकता अनुसार बजेटको श्रोत जुटाउने अध्यक्ष विष्टले जानकारी दिए ।
गाउँपालिकाको आफ्नै ट्याक्टर रहेको र आवश्य जनशक्तिको व्यवस्थापन गरि छिट्टै फोहोर व्यवस्थापन गर्ने तयारी रहेको छ ।
राप्तीमा फोहोर व्यवस्थापन गर्न मुख्य चुनौती रहेको बेला गाउँपालिकाले चालेको कदम स्वागत योग्य रहेको र छिटोभन्दा छिटो व्यवस्थापनको काम अगाडि बढाउन स्थानीय बासिले अनुरोध गरेका छन ।
मुख्य बजार रहेको क्षेत्रमा पहिलो चरणमा फोहोर संकलन गर्ने र बिस्तारै सबै वडाबाट फोहोर संकलन कार्य सुरु गर्ने पनि अध्यक्ष विष्टले जानकारी दिए ।
फोहोर व्यवस्थापनको पहिलो चरणमा जग्गा खोज्ने र वडा स्तरीय सरसफाइ समिती बनाउने सहजीकरण कर्ता कृष्ण भण्डारीले जानकारी दिएका छन् ।