बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा शिक्षक बुढाथोकी घाइते

दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा स्कुल बसको ठक्करबाट एक जना शिक्षक घाइते भएका छन् ।

आज विहान ५ :३० बजेको समयमा पुर्व देखि पश्चिम जाँदै गरेको रा १ क १०३५ नम्बर रोजी बड्स बालबाटिका माध्यमिक विद्यालको बसले दक्षिणबाट पुर्व मोडिने क्रममा रा ३ प ५०३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ पिपरी निवासी ४८ वर्षिय भेषबहादुर बुढाथोकी घाइते भएका छन् ।

घाइते बुढाथोकीको बायाँ हात फ्याक्चर हुनुको साथै करङमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी प्रमुख जीवन केसीले जानकारी दिएका छन् ।

घाइते बुढाथोकीलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचारपछि अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले नियन्त्रणमा लिएको छ । घाइते बुढाथोकी ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया र दिपज्योती माध्यमिक विद्यालय सिसहनियाँका शिक्षक हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation