
गढवा । दाङको देउखुरी गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय गढवाको ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह विहिवार गढवामा सम्पन्न भएको छ ।
विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह कार्यक्रममा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी मनाइएको छ । देउखुरीको राप्ती पारी रहेको नमुनाको रुपमा रहेको जनता माध्यमिक विद्यालय गढवा ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह मनाएको हो ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ को बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले जानेको कुरा व्यवहारमा उतार्न सके सामुदायिक विध्यालयको स्तर स्वतः बृद्धि हुने बताउनु भयो। वाल विकासमा बिशेष ध्यान दिन नसकेको कारण राम्रो जनशक्ति उत्पादन हुन नसकेको बताउनु भयो । विध्यार्थीको मनोबिज्ञान अनुसारको पढाई गर्नु पर्ने समय आएको बताउदै विध्यार्थीको मनोभावना अनुसारको शिक्षा नै आजको अनावश्यक्ता रहेको बताउनुभयो ।
शिक्षा मन्त्रालयले शिक्षा संग सम्बन्धीत सबै नियम कानुन तयार परेको तर हरेक सामुदायिक विध्यालयले बुझेर पनि व्यवहारमा लागु नगरेको कारण सामुदायिक विध्यालयको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा पुगेको भन्दै तत्काल त्यसपक्षमा ध्यान दिन विध्यालय लाई अनुरोध गर्नु भयो । बिश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जादै गर्दा हाम्रो देश सामन्तबादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथी नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोहलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाको उत्कृष्ट विध्यालयको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना दिनु भयो । स्थापना काल देखि केही समय सम्म विध्यालयमा भौतिक संरचना नहुंदा भुइँमा बोरा बिच्छाएर बढेको बाध्यता आजको दिनमा नरहेकोले अब अन्य कुरा लाई बिर्सेर गुणस्तरीय शिक्षामा नै केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।
सामुदायिक विद्यालयहरुमा गुणस्तर खस्किदै जानु चिन्ताको विषय रहेको भन्देको त्यस तर्फ पालिका सुक्ष्मरुपले अध्ययन गरिरहेको र सुधार्नका लागि विध्यालय परिवार, शिक्षक/शिक्षिका सबै संग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिनका लागि सधै तपाईहरु संंग हातेमालो गर्न तयार रहेको बताउनुभयो । हिजोका दिनहरूमा पर्याप्त भौतिक पूर्वाधारहरु नहुंदा विध्यार्थीहरु लाई पठनपाठनमा समस्या हुने गरेको त आज पर्यन्त भौतिक पूर्वाधारहरु हुँदा पनि शिक्षाको गुणस्तर चिन्ताजनक रहेको भन्दै सुधारगर्न आवश्यक रहेको र त्यो सुधार्नै शिक्षक/शिक्षिका, अभिभावक/विध्यार्थी, विध्यालय व्यवस्थापन समिति सबैको जिम्मेवारी भएको बताउनुभयो ।
शिक्षा नितीलाई ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा सम्म सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसक्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
संस्कार र अनुशासन सहितको जिवनोपयोगी शिक्षा कार्यान्वयन गर्न गाउँपालिका गंभिर रहेको बताउनुभयो । सरकारी बिद्यालयहरु सिमान्तकृत वर्गका छोराछोरीहरुले मात्रै शिक्षा आर्जन गर्ने स्थान बन्न थालेकोमा चिन्ता प्रकट गर्दै शिक्षा क्षेत्रलाई रणनीतिक ढंगबाट गुणस्तर सुधारका योजना बनाउन स्थानीय सरकार लाग्ने बताउउनु भयो ।
कार्यक्रममा बोल्दै जनता माध्यमिक विद्यालय गढवाको विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले आफुले जिम्मेवारी समाहलेदेखी दिनरात विध्यालयको उन्नती र गुणस्तरीय शिक्षाको लागि परेको बताउनुभयो । पालिका भरीको सामुदायिक विध्यालयहरुको जग्गा सुचिकृत गर्नु चानचुने कुरा नभएको बताउदै कडा मिहेनतका साथ लागेर सुचिकृत गर्न सफल भएको बताउनुभयो । आफ्नो मुख्य उद्देश्य नै जनता माध्यमिक विद्यालय गढवाको पठन पाठन नमुना बनाउने रहेको बताउदै अध्यक्ष पोख्रेलले आफु रहे सम्म भौतिक संरचना र पठनपाठन पालिका कै नमुनाको रुपमा बनाउने दावी गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै ह्रदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्यले गढवा गाउँपालिका संग सहकार्य गरेर विध्यालयमा अध्ययनरत विध्यार्थीहरुको निशुल्क मुटुको चेकजाँच गर्ने योजना बनाएको बताउनुभयो ।चेकजाँचको क्रममा मुटुमा समस्या भए निशुल्क उपचार हुने वारे छलफल गरिरहेको जानकारी दिनु भयो ।
कृष्ण राज पाण्डेले विध्यालयमा अध्ययन गर्दा भुईमा बसेर पढेको याद गर्दै अहिले सुबिधा सम्पन्न भौतिक संरचना हरुको निर्माण भैसकेकोले राम्रो पक्ष भएको बताउनु भयो भने तर विध्यालयले ६२औ वार्षिक उत्सव तथा स्मारिका निकाले तर हिजो का दिनमा बिना सेवा सुविधा नि:शुल्क पाउनु भएका शिक्षकहरुको नाम समेत नदेखिनु दुख को बिषय भएको बताउनुभयो । बिध्यार्थी भाई बहिनीले फरर अग्रेजीमा बोल्नु चानचुने कुरा नभएको बताउदै शिक्षक शिक्षिका लाई बिशेष ध्यान दिन अनुरोध समेत गर्नु भयो ।
त्यसैगरी समाजसेवी तथा युवा नेता राम प्रसाद गैरे ले विध्यालयको भौतिक संरचना निर्माणको लागि मेटमणि चौधरी संग अनुरोध गरेको र आफ्नो पार्टीको रातो किताबमा विध्यालयको दक्षिण तर्फको वाल र पाश्चिम दिशा तिरको जिर्ण अवस्थामा रहेको भवन लाई भत्काई नयाँ भौतिक संरचना बनाउने पहल गरेको बताउनु भयो ।
कार्यक्रममा बिद्यालयका पुर्व अध्यक्षहरु रेशम बिसी, भगवती प्रसाद चौधरी,शिक्षप्रेमी बुद्धिजिवीहरु रामप्रसाद गैरे,तेजप्रसाद न्यौपाने,सकुन्तला डिसी, कपिलदेव खनाल,उमाकान्त पन्त,कृष्णराज पाण्डे, जगतराम यादव,पुरस्कार संस्थापकहरु शंकर पाण्डेय,दिनमणि आचार्य र पुर्व प्रधानाध्यापक गोबिन्द पौडेल लगायतले बोल्नु भएको थियो । सो अवसरमा बिद्यालयको दोश्रो स्मारीका समेत बिमोचन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले विद्यालयको संस्थागत प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले स्थापना गर्नु भएका अक्षयकोष शोभाखर सोभादेवि, हरिबहादुर स्मृतिकोष, सुमकला फर्सराम, ऋिषिराम स्मृति,प्रेम बिसी स्मृतिकोष र यागेश्वर पाण्डे स्मृतिकोष लगायत ६ वटा स्मृतिकोषका पुरस्कारहरु वितरण गरिएको थियो । समारोहमा निबृत्त शिक्षक द्रोण डाँगी, होमप्रसाद अधिकारी र कार्यरत उत्कृष्ट शिक्षक स्वामीदयाल यादव,उपेन्द्र चालिसेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकको रुपमा यागेश्वर पाण्डे स्मृतिकोषको पुरस्कार कार्यरत शिक्षक बिष्णा पन्थीलाई प्रदान गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा वर्षभरीको पठन पाठन र भर्खरै सम्पन्न राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल हुने विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
जनता माध्यमिक विद्यालय गढवाका शिक्षक सुदिप किरण आचार्यको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक ठाकूर खनालले गर्नु भएको थियो ।