बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जेल तोडेर भाग्ने प्रमुख योजनाकार पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ का वर्ष ३५ को विनोद कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शर्मालाई मिथिला नगरपालिकाको वडा नं १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

गत पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फुटाउने योजनाकार रहेको प्रवक्ता क्षेत्रीले बताए । हिरासतमा सबैभन्दा बढी १८ दिनदेखि शर्मा नै थुनुवा थिए । उनैले फोड्ने सुरुवात गरेपछि अन्य थुनुवाले उनलाई साथ दिएसँगै थुनुवा कक्षको भित्ता फुटाउन उनीहरू सफल भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation