राप्तीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदै

भालुवाङ   दाङको राप्ती गाउँपालिकामा माघ २६ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । शुक्रबार पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका खेल शिक्षकहरुको सहभागीतामा बसेको बैठकले सो निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

गाउँपालिकाको सहयोग तथा वडा नम्बर २ मा रहेको गोरखा आईडल बोर्डिङ स्कुल लालमटियाको आयोजनामा हुने कार्यक्रम २६ गते देखि २८ गते सम्म विद्यालयको प्राङ्गणमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराईने बताईएको छ ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिवल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, कराँते, तेक्वान्दो, उसु, खेल समाबेश गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation